८ बैशाख २०८१, शनिबार

सहिदमार्ग जिर्ण बनेपछि होलेरीमा रोल्पा र दाङको सर्वपक्षीय छलफल

प्रकाशित मिति :  18 August, 2020 11:26 am


रोल्पा, २ भदौ ।

सहिदमार्गको घोराही–होलेरी सडकखण्ड जिर्ण बनेपछि रोल्पा र दाङका सरकारी अधिकारी,जनप्रतिनिधि तथा सरोकारवाला निकायको आज सर्वपक्षीय छलफल हुँदै छ । रुन्टीगढी गाउँपालिकाको होलेरीमा सर्वपक्षीय छलफल हुन लागेको हो ।

दाङमा रहेका विभिन्न सिमेन्ट उद्योगका कच्चापर्दाथ बोक्न प्रयोग गरिएका टिप्पर र वर्षाका कारण सडक नराम्ररी बिग्रिएपछि चर्को विरोध भइरहेको छ ।

कालोपत्रे समेत काम नलाग्ने अवस्थामा पुगेको छ । सकडको अवस्था नाजुक भएको भन्दै विरोध भएपछि रुन्टीगढी गाउँपालिकाको साउन १३ गते बसेको बैठकले सहिदमार्ग लाई सुधार गर्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

सडक मर्मतका लागि घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरीको संयोजकत्व कार्यदल गठन गरिएको छ ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, रोल्पाका,प्रहरी प्रमुख,घाराही सिमेन्ट तथा सोनापुर सिमेन्ट प्रा.लि.का प्रतिनिधि सदस्य र दाङ खण्डका लागि सडक डिभिजन प्रमुख र रोल्पा खण्डका लागि सहिद राजमार्ग आयोजना प्रमुख सदस्य सचिव तोकिएको छ ।

दिउँसो १ बजेपछि हुने  छलफलमा सहिदमार्ग सुधार सम्वन्धी अल्पकालिन योजना तथा दिर्घकालिन योजनाको वारेमा बृहत कुराकानी हुने   समेत रुन्टीगढी गाउँपालिकाले जनाएको छ ।

होलेरी सडकखण्ड कालोपत्रे गरेको डेढ वर्ष नबित्दै दैनिक दर्जनौ टिप्पर सञ्चालन तथा वर्षायाममा हुने पहिरोका कारण जीर्ण बनेको छ । साढे ३१ किलोमिटरको उक्त सडक सिल प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनी’ ले ४० करोड ८३ लाख रुपैयाँमा कालोपत्रे गर्ने जिम्मा लिएको थियो। कालोपत्रसँगै सडकपनि जिर्ण बनेपछि हस्तान्तरण हुन सकेको छैन ।

सडक विग्रिएपछि कोलोपत्रे गरेर पनि ठेकदार कम्पनीबाट अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन ।

छलफल कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन,घोराहीउपमहानगरपालिका प्रमुख नरुलाल चौधरी,रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम वुढा,रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, ,दाङका प्रहरी प्रमुख गणेश चन्द,रोल्पाका प्रहरी प्रमुख चित्र वहादुर गुरुङ,कार्यदल सदस्य सचिव तथा सहिदमार्ग सडक आयोजना प्रमुख विष्णु पाण्डे, सोनापुर सिमेन्ट,सम्राट सिमेन्ट र घोराही सिमेन्ट प्रा.लि.को प्रतिनिधि लगायतको उपस्थिति हुने छ ।



प्रतिक्रिया दिनुहोस !