२९ बैशाख २०८१, शनिबार

नेपालमा पहिलो पटक एकैदिन १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  18 August, 2020 4:27 pm


काठमाडौं, २ भदौ ।

नेपालमा पहिलो पटक एकै पटक १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १ हजार १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण भएपछि अहिलेसम्म एकै दिने भेटिएको यो सबैभन्दा धेरै हो । यससँगै कुल सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ। देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २६ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। त्यस्तै २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। यसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ।

काठमाडौं उपत्यकामा २०५ जनामा संक्रमणको पुष्टि भएको छ । जस अन्तर्गत काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !