८ जेष्ठ २०८१, मंगलबार

बजाज प्लेटिनाकाे नयाँ माेडेल सार्वजनिकः डिस्क ब्रेकसहित प्रति लिटर ९० किलाेमिटर माइलेज

प्रकाशित मिति :  19 August, 2020 1:14 pm


काठमाडाैं, ३ भदाै । 

दुइ पाङ्रे सवारी उत्पादक बजाजले सस्ताे उत्पादन भेरियन्ट प्लेटिनाकाे नयाँ भर्सन सार्वजनिक गरिएकाे छ । भारतमा सार्वजनिक गरिएकाे बजाज प्लेटिना १०० इएस काे नयाँ माेडेलले ९० किलाेमिटर प्रति घण्टाकाे उच्च स्पीड र प्रति लिटर ९० किलाेमिटर माइलेज दिने दाबी कम्पनीकाे छ ।

भारतभर बुकिङ खुला गरिएकाे प्लेटिनामाे डिस्क ब्रेक विना र माेडेल डिस्क ब्रेक सहितकाे माेडेल खरिद गर्न पाइने भएकाे छ । भारतीय बजारमा इलेक्टिक स्टार्ट वाला भर्सनकाे ६० हजार ६९८ भारू र किक स्टार्ट वाला माेडेकाे ५० हजार ४६४ भारू तय गरिएकाे छ ।

इन्धन कम खपत हुने भएकाले छाेटाे दुरीमा चलाउन सहज मानिएकाे बजाजकाे याे माेडेल सस्ताेमा राम्राे माेडेल मानिन्छ । १०० सीसीकाे याे बाइक नेपालमा पनि चलेकाे पाइन्छ ।



प्रतिक्रिया दिनुहोस !