२९ बैशाख २०८१, शनिबार

बाँकेमा प्रदेशसभा सदस्य केसीसहित २८ जना कोरोना संक्रमण निको भएर घर फर्के

प्रकाशित मिति :  20 August, 2020 3:10 pm


बाँके, ४ भदौ ।

बाँकेमा प्रदेशसभा सदस्य कृष्णा केसीसहित २८ जना कोरोना संक्रमण निको भएर घर फर्केका छन् ।

प्रदेश सांसद के.सी.भेरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएकी छन् भने अन्य २७ जना पनि विभिन्न आइसोलेशन केन्द्रबाट घर फर्किएका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ घर भएकी सांसद के.सीलाई कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेशनमा बसेकी थिइन् ।

घर फर्कदै गर्दा सांसद के.सी.ले कोरोनालाई सामान्य रोग मात्र नमानेर स्वास्थ्य सुरक्षाका सबै विधि पालना गर्दा कोरोना सहजै जित्न सकिने बताईन् । उनले भनिन् ,”‘मेरो उच्च मनोबल थियो । स्वास्थ्यकर्मी र आफन्तको न्यानो स्नेह र हाइकेयर भयो । सुरक्षा र सावधानी अपनाउँदा कोरोनालाई सजिलै जित्न सक्छौं भन्ने मेरै जीवनमा पनि लागू भएको छ ।”

उनले आइसोलेसनमा उपचार गराइरहेका सबै संक्रमतिलाई नआत्तिएर उच्च मनोबलका साथ बस्न आग्रह गर्दै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी थिइन् ।

अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भए पनि सांसद के.सी.सहित सबैले सात दिन होम आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !