१७ बैशाख २०८१, सोमबार

देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा मात्रै २ सय जना भेटिए

प्रकाशित मिति :  20 August, 2020 4:31 pm


काठमाडौं, ४ भदौ ।

देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ११ हजार ८ सय ३२ जनामा परीक्षण गर्दा ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा २ सय जना संक्रमित भेटिएका छन् । जस अनुसार काठमाडौैं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !