१७ बैशाख २०८१, सोमबार

चीन, रुस र अमेरिकाले विकास गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपालमा परीक्षण हुँदै

प्रकाशित मिति :  23 August, 2020 5:05 pm


काठमाडौं, ७ भाद्र ।

चीन, रुस र अमेरिकामा उत्पादित कोरोना विरुद्धको खाेपकाे नेपालमा पनि ‘ट्रायल’ परीक्षण हुने भएकाे छ । विश्वभर तेस्राे चरणमा भ्याक्सिन परीक्षण हुने क्रम भइरहकाेमा नेपालमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काे नेतृत्वमा परिक्षण प्रकृया अघि बढाइएकाे हाे ।

आइतबार मन्त्रालयलले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा भ्याक्सीनको अध्ययन अनुसन्धान गर्न तीनै मुलुकका कम्पनीहरुले अनुरोध गरे अनुरुप परीक्षण प्रक्रिया अगाडि बढाइएको परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले जानकारी गराए ।

यसैगरि काेराेना विरूद्धकाे औषधीकाे नेपालमा पनि नेपालमा परीक्षण प्रक्रिया अगाडि बढाइसकिएकाे ज्ञवालीले बताए । चिकित्सकहरूकाे प्रत्यक्ष निगरानीमा काेराेना अस्पतालहरूमा अध्ययन अनुसन्धानका लागि प्रयाेग हुने भएकाे छ । बजारमा मेडिकलहरूले भने यस्ताे औषधी सरकारकाे अनुमति विना बिक्री गर्न पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस !