८ बैशाख २०८१, शनिबार

जर्मन क्लब वायर्न म्युनिखलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि

प्रकाशित मिति :  24 August, 2020 7:18 am


काठमाडौं, ८ भदौ ।

जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन ((पीसजी) लाई १ ० गोलले पराजित गर्दै उपाधि जितेको हो।

वायर्नलाई उपाधी जिताउन किङ्गस्ले कोम्यानले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए।

यससँगै वायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पीएसजीले पहिलो उपाधि जित्नबाट चुकेको छ ।

उपाधि जितेसँगै वायर्नले लिभरपुलको कीर्तिमानसँग बराबरी गरेको छ। छ पटक उपाधि जितेर बढी उपाधि जित्ने टिमको तेस्रो स्थानमा रहेको लिभरपुलसँग वायर्नले बराबरी गरेको हो।

रियल म्याड्रिडले सर्वाधिक १३ पटक जितेको छ भने एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ।

 



प्रतिक्रिया दिनुहोस !