३१ बैशाख २०८१, सोमबार

देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि,८ जनाको मृत्यु

प्रकाशित मिति :  24 August, 2020 4:37 pm


काठमाडौं, ८ भदौ ।  देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनामा गरिएको पीसीआर परीक्षण गर्दा ७४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित भेटिने क्रम यथावत छ ।

काठमाडौं उपत्यकामा २२४ जना संक्रमित भेटिएका छन् । जसमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना निको भएर घर फर्किपछि कुल निको हुनेको संख्या १८ हजार ८ सय पुगेको छ । जुन कुल संक्रमित संख्याको ५८ प्रतिशत हो । प्रवक्ता गौतमले १३ हजार ७ सय १५ सकृय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीय महिला, काठमाडौंमा ४८ वर्षीय महिला, रुपन्देहीमा ६७ वर्षीय महिला र रुपन्देहीमै ३८,५३,५४ वर्षीय महिलाको मृत्यु भएको छ । यससँगै देशभर कोराना संक्रमित मृतकको संख्या १५७ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !