१४ बैशाख २०८१, शुक्रबार

अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३७७ जना भेटिए

प्रकाशित मिति :  27 August, 2020 4:29 pm


काठमाडौं, ११ भदौ ।

देशभर २४ घण्टामा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२,६२९ जनामा परीक्षण गर्दा १,१११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससँगै हालसम्म कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ३७७ जना कारोना संक्रमित भेटिएको छ । यो संख्या पनि काठमाडौं उपत्यकामा भेटिएको अहिलेसम्मकै सर्वाधिक संख्या हो ।

२४ घण्टामा निको भएर ५६९ जना घर फर्किएका प्रवक्ता गौतमले जानकारी दिए । कोरोना जित्नेको कुल संख्या २०,०७३ रहेको छ । जुन कुल संक्रमित मध्य ५६ प्रतिशत हो ।

८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर,बारा,कास्की,रुपन्देही,बाँके,कपिलवस्तु,पर्सा र काठमाडौंका ११ जना रहेका छन् ।

मृत्यु दर कुल संक्रमितको ०.५२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमित मृतकको संख्या १८३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !