१६ चैत्र २०८०, शुक्रबार

देशभर कोरोना संक्रमित १४ जनाको मृत्यु, १,२२१ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  30 August, 2020 4:34 pm


काठमाडौं, १४ भदौ ।

देशभर १,२२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२,७१७ जनामा कोरोना परीक्षण गर्दा  १,२२१ जनामा  संक्रमणको पुष्टि भएको जानकारी दिए । यो आजसम्म भेटिएको सर्वाधिक संख्या हो ।

यससँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको छ । प्रवक्ता गौतमका अनुसार अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। जसमा १०,६१२ जना संस्थागत आइसोलेशन र बाँकी ६,९०० जना घरमै रहेका छन् ।

काठमाडौं उत्यकामा कोरोना संक्रमितको संख्या हरेक दिने बढ्ने क्रममा छ । उपत्यकामा थप ४२९ जना संक्रमित भेटिएका छन् । जसमध्य काठमाडौं जिल्लामा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना कोरोना संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार सुनसरी,बारा,महोत्तरी र काठमाडौंमा १/१ जना महिलाको ज्यान गएको छ । त्यस्तै सुनसरीमा १, मोरमा १,महोत्तरीमा २, रौतहटमा १,ललितपुरमा १,भक्तपुरमा १ नवलपसारीमा १ र रुपन्देहीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !