३१ बैशाख २०८१, सोमबार

कारोना संक्रमणपछि मृत्युलाई देखेर पनि बाँचेः स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. चौधरी

प्रकाशित मिति :  1 September, 2020 8:19 pm


 

काठमाडौं,१६ भदौ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालय,प्रमुख, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले कोरोना संक्रमणपछि आफूले नाफाको जिन्दगी पाएको बताएका छन् । कोरोना संक्रमणको २२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा आफ्ना अनुभव लेख्दै चौधरीले चिकित्सकको टोलीले सही समयमा सही निर्णय लिएकाले मात्रै आफू मृत्युको मुखबाट फर्कीएको बताएका छन् । उनले भनेका छन्,”अहिले स्वास्थको अवस्थाको सामान्य भएपनि रिकोभरी फेजकालागी आइसीयूको बेड बुटवलमा नै छु। यो मैले बोनस बापत दोश्रो जन्दगी पाएको छु जस्तो गौरव को अनुभूति भई रहेकोछ।”

आफूले रोगको जटिलता पार गरिसकेको भन्दै महाशाखा प्रमुख चौधरीले ‘अब म सिद्धान्तको कुरा होईन साक्षात मृत्यूलाई देखेर पनि कसरी वच्न सफल भए अनुभव राख्न चाहे’ भनेर लामो अनुभव लेखेका छन् । प्रस्तुत छ महाशाखा प्रमुख चौधरीले कोरोना संक्रमण भएपछि आफ्नो अवस्थाबारे फेसबुकमा लेखेको लखेको अनुभव :

आज २२ औं दिन कोरोनाबाट संक्रमित भई लक्षण बिहिनबाट शुरूवात भएको यात्रा कोरोनाको क्रिटिकल अवस्थाबाट मृत्युको मुखमा पुगी आइसीयूको बेडबाट केही शब्दहरू-

सब भन्दा पहिला यस प्रदेशका मा. मुख्यमन्त्री श्री शंकर पोख्रेल ज्यू बाट आसीयूमा नै रहेको बेला स्वास्थ्यको अवस्था,खानपिन व्यवस्था, उपचारको व्वस्था,उपलब्ध साधन श्रोत, जनशक्तिको अवस्था जानकारी प्राप्त गरिनुका साथै प्रदेश सरकारको तर्फबाट उपचारमा कुनै किसिमको सहयोगको आवश्यकता महसुस भएमा उपलब्ध गराउन तयार छौँ भन्ने बचनबध्ताप्रति धेरै धेरै आभार तथा तथा सम्मान व्यक्त गर्न चाहन्छु।

यसै गरि मा।सामाजिक विकास मन्त्री श्री सुदर्शन बराल ज्यूबाट कोरोना पोजेटिभ भएकै दिनबाट कोरोना ब्यवस्थापनमा फ्रन्टलाईनमा खटिटएका कर्मचारीप्रति जुन हौसला, आत्मीयता र सहयोगको बचनध्ता म प्रति देखाउनु भयो यो एउटा प्रमुख अभिभावकको रूपमा लिएको छु। उहाँको नेतृत्व कौशललाई सम्मान गर्दछु। उहाँको हरेक क्षणमा भएको उपस्थितिलाई धन्यवाद दिन चाहन्छु।

यसै गरि मा. भौतिक विकास पूर्वाधार मन्त्री श्री बैजनाथ चौधरी ज्यू ले स्वास्थ्यकोअवस्थाको चासो लिएर पटक पटक अपनत्वपन देखाउनुभयो उहाहाँलाई हृदयदेखि धन्यबाद दिन चाहन्छु ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्थापना भएदेखि स्वास्थ्य महाशाखा प्रमुख,कोरोनाको प्रदेश स्तरीय फोकल पर्सन, कोरोना दैनिक लाईभ मेडिया ब्रिफिङ संचालन गर्दै आईरहेकोमा कोरोना संक्रमण पुष्टि भई लक्षण बिहिन यात्राको शुरूवात भयो।

यो रोगको साईकल हेर्दा शुरूमा लक्षण बिहिन या माईल्ड सिम्टमबाट शुरू भई कोरोना क्रिटिकल जटिल अवस्थामा जान हप्ताको अन्तिम अवस्थाबाट मृत्यू वरणको अवस्थामा थाहा नै नपाई जाने रहेछ । मेरो क्रिटिकल अवस्थामा पुगि सकेको थियो।

यो रोगको जटिल अवस्था मैले पार गरि सकेको छु। अहिले स्वास्थको अवस्थाको सामान्य भएपनि रिकोभरी फेजकालागी आइसीयूको बेड बुटवलमा नै छु। यो मैले बोनस बापत दोश्रो जन्दगी पाएको छु जस्तो गौरव को अनुभूति भई रहेकोछ।

अब म थ्योरीको कुरा होईन साक्षात मृत्यूलाई देखेर पनि कसरी वच्न सफल भए अनुभव राख्न चाहे । कोरोनाको कडा अवस्थाका जस्तै जति प्यारासिटामोल खाए पनि ज्वरो न हटने, खाना पटकै मन न लाग्ने,रगतमा अक्सिजनको मात्रा घटदै जाने, सास फेर्न निकै गाह्रो हुने यो सबै देखिसकिएका थिए।

यो अवस्थाको कोरोनाको फोकल पर्सन कन्सलटेण्ट चिकित्सक डा. सुदर्शन थापालाई अवगत गराएँ । उहाँले तपाईं जुन सुकै अवस्थामा जहाँ भए पनि कोरोनाको आइसीयू मा भर्ना भएर उपचारको शुरू गर्नु पर्दछ आइहाल्नुस भन्नुभयो र मेरो आइसीयू यात्राको चिकित्साको यात्रा शुरूवात भयो।

यो चिकित्सकिय व्वस्थापनको नेतृत्व प्र. मे.सु. डा.राजेन्द्र खनाल उहाँ सेनियरमोस्ट रेडियोलोजिष्ट हुनु हुन्छ, ग्रुप अफ बिज्ञ चिकित्सकहरूको आपतलिन बैठकबाट चिकित्सकीय ब्यवस्थापनको लाईन तय भयो। सहि समयमा सहि निर्णय भएकोले मेरो ज्यान जागियो।अन्यथा कोरोनाको कहरले मेरो ज्यान लिई सकेको थियो ।

डा. राजेन्द्र खनाल ज्यूको नेतृत्वमा चिकित्सकीय मात्र हैन कोरोना ब्यवस्थापन को सवालमा समेत जुन कौशलता र अनुभवको परिचय देखाउनु भएकोछ त्यसको म नमन गर्दछु जसले सयकडौं संक्रमितहरूले राहतको सास फेर्न सक्षम भए।

यो श्रेय वहाको सम्पूर्ण चिकित्सक, डेडिकेटेड नर्सिङ स्टाफ, तथा सम्पूर्ण सहयोगी हात लाई जान्छ किन भने अहोरात्र र दिन न भनी नियमित रूपमा सेवा प्रवाह गर्नु भएकोछ। वहाँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

यो कुनै मेरो कोरा कल्पना हैन किन भने त्यहि बसि सुति स्वास्थ्य लाभ लिने क्रम अझै जारी छ।

डा. उमाशंकर प्रसाद चौधरी
प्रमुख, स्वास्थ्य सेवा महाशाखा,
सामाजिक विकास मन्त्रालय,
प्रदेश सरकार,प्रदेश नं ५,बुटवल।



प्रतिक्रिया दिनुहोस !