८ जेष्ठ २०८१, मंगलबार

रुकुममा वडा सचिवको मृत्यु

प्रकाशित मिति :  16 September, 2020 2:05 pm


काठमाडौं, ३१ भदौ । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा मंगलबार बिहान उनको मृत्यु भएको हो ।

रुकुम ९पश्चिम० मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए ।

निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए ।
मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस !