८ बैशाख २०८१, शनिबार

आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको विजयी शुरुआत

प्रकाशित मिति :  20 September, 2020 7:43 am


काठमाडौं, ४ असोज ।

आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी शुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । युएईमा शुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डि कक ३२ रनमा पभेलियन फर्किएका थिए । केरोन पोलार्ड १८ तथा सूर्य कुमार यादव १७ रनमा आउट भए । कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट भएका थिए । चेन्नाईका लागि लुंगि एनगिडीले तीन विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले दुई दुई विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नाईको शुरुआत कमजोर रहयो । ओपनिङ ब्याट्सम्यान मुरली विजय १ तथा सेन वाट्सन ६ रन बनाएर आउट भएपछि चेन्नाई दबावमा परेको थियो ।

त्यसपछि आएका अम्बाती रायडू र फाफ डू प्लेसिसकाबीचमा ११५ रनको साझेदारी भएपछि चेन्नाई खेलमा फर्किएर जितका लागि बाटो तय गरेको थियो । रायडू ७१ रन बनाएर पभेलियन फर्किएका थिए । त्यसपछि रविन्द्र जडेजा पनि व्यक्तिगत ११ रन बनाएर आउट भए । क्रिजमा रहेका प्लेसिसले अर्धशतक पुरा गरेका थिए । प्लेसिस ५५ रनमा नटआउट रहे ।



प्रतिक्रिया दिनुहोस !