१८ बैशाख २०८१, मंगलबार

शिक्षा तथा स्वास्थ्य समिति सभापति घर्तीद्धारा पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग

प्रकाशित मिति :  22 September, 2020 7:49 pm


फाइल फोटो

काठमाडौं,६ असोज ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले नेपाल पत्रकार महासंघ दाङका पूर्वसभापति केएल पीडितद्धारा सञ्चालिन स्वास्थ सामाग्री वितरण अभियानलाई सहयोग गरेकी छन् ।

घर्तीले २ हजार थान सर्जिकल मास्क, १ सय थान एनके ९५ मास्क, १५ थान १५ थान(५०० मिलि) सेनिटाइजर र १ सय जोर पञ्जा पठाइदिएकी हुन् । सामाग्री उपलब्ध गराइदिएकोपप्रति दाङका पत्रकार केएल पीडितले धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, “यो साथ, सहयोग र ऐक्यबद्धताका लागि हामी उहाँप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।”

पत्रकार केएल पीडितले भदौ २५ गतेदेखि पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री अभियान सुरु गरेका थिए । आफैले १० हजार रुपैयाँको स्वास्थ्य सामाग्री खरिद गरेर सुरु गरेको पीडितको अभियानमा अहिले अन्यत्रबाट पनि सहयोग जुट्न सुरु गरेको छ ।

यसैक्रममा सभापति घर्तीद्धारा पनि पनि स्वास्थ्य सामाग्री उपलब्ध गराईएको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !