२१ बैशाख २०८१, शुक्रबार

सुनको मुल्य प्रतितोला ४ सयले घट्यो

प्रकाशित मिति :  5 October, 2020 12:48 pm


काठमाडौं,१९ असोज । नेपाली बजारमा कारोबारको दोस्रो र सुनको मुल्य प्रतितोला ४ सयले घटेको छ ।

सोमबार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले घटेर ९४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आइतबार चाँदीको मुल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० मा कारोबार भइरहेका थियो भने आज चाँदीको मुल्य स्थिर रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !