२४ बैशाख २०८१, सोमबार

प्रदेश ५ सभा बैठकमा कांग्रेसका सांसदले गरे टेबल र कुर्सी ताेडफाेड

प्रकाशित मिति :  5 October, 2020 4:14 pm


रुपन्देही, १९ असाेज । 

प्रदेश नम्बर ५ काे प्रदेश सभामा सरकार विपक्षी दल नेपाली कांग्रेसका सांसदले साेमबार दाेस्राे पटक बसेकाे बैठकमा नारावाजी गरी ताेडफाेड गरेका छन् । सभा हलमा भएका कुर्सी र टेवल ताेडफाेड गरी बैठक बहिष्कार गरी बाहिर निष्किएकाे छ ।

सभामुखले बैठक शुरु गर्ने साथ कांग्रेसका सांसदहरु कुर्सीबाट उठेर राेष्टम घेराउ गरेका थिए । सरकारले स्थायी राजधानी दाङकाे भालुवाङमा ताेक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेकाे छ ।

बिराेधबीच सभामुखले प्रदेशकाे नामाकरण र स्थायी राजधानीकाे प्रस्ताव छलछलका लागि पेश गर्न अान्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सीलाइ समय दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !