१७ माघ २०८२, शनिबार

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन मरे दुई गैँडा

प्रकाशित मिति :  6 October, 2020 5:10 pm


चितवन, २० असोज
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् ।

नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले बताए।

यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ । मृत गैँडाको प्रकृति हेर्दा गँैडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।

गैँडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ । गैँडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मत्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा हाल ६०५ गैँडा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !