२१ मंसिर २०८२, आइतबार

यौन दुर्रव्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

प्रकाशित मिति :  6 October, 2020 5:44 pm


ओखलढुङ्गा, २० असोज
यौन दुर्रव्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् ।

स्थानीय एक महिलालाई यौन दुर्रव्यवहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौनदुर्रव्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए। “करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।”

अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्रव्यवहार गरेको पीडित महिलाको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !