२२ बैशाख २०८१, शनिबार

विराटनगर र धरानमा २ संक्रमितको मृत्यु

प्रकाशित मिति :  8 October, 2020 1:15 pm


काठमाडौं २२ असोज । विराटनर र धरानमा गरी २ जना कोरोना भाइरस संक्रमितको मृत्य’ भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि घरमै बसिरहेका विराटनगर महानगरपालिका ५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको विराटनगर प्रहरीले जनाएको छ ।

उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै धरानका कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरीको धरान घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस !