२४ बैशाख २०८१, सोमबार

कर्णालीका मुख्यमन्त्रीविरूद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

प्रकाशित मिति :  11 October, 2020 3:18 pm


काठमाडौं, २५ असोज
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

नेकपाका सांसद यामलाल कँडेलको अगुवाइमा भएको अविश्वास प्रस्तावमा १८ जना सांसदले हस्ताक्षर गरि आइतबार दिउँसो संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

शाहीविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् ।

कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !