२४ बैशाख २०८१, सोमबार

लुम्बिनी प्रादेशिक अस्पतालमा अर्घाखाँचीकी कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  12 October, 2020 5:26 pm


बुटवल, २६ असोज
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार अर्घाखाँचीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

उनलाई ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ प्रादेशिक अस्पतालमा थपचारका लागि ल्याईएको थियो ।

११ बजे अस्पताल ल्याइएकी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –४ की ८० वर्षीया महिलाको उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उक्त महिलाको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएको हो ।

 



प्रतिक्रिया दिनुहोस !