२१ बैशाख २०८१, शुक्रबार

सार्वजनिक खरिद ऐन अध्यादेश मार्फत संसोधन गर्न संसदीय समितिको सुझाव

प्रकाशित मिति :  12 October, 2020 9:33 pm


काठमाडौं, २६ असोज । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य सामाग्रीहरुको खरिद गर्न विद्यमान सार्वजनिक खरिद ऐन बाधक भएको भन्दै अध्यादेश मार्फत संसोधन गर्न सुझाव दिएको छ ।

आज अनलाईन मार्फत बसेको समिति बैठकलले महामारी संकटका बेला स्वास्थ्य सामाग्री खरिदका लागि सार्वजनिक खरिद ऐन बाधक बनेको निष्कर्षसहित तत्काल संसोधन गर्न सुझाव दिएको हो ।

समितिले सरकारलाई कोभिड९१९ को उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक भेन्टिलेटर, आइ सी यू र अक्सिजन लगायत सामाग्रीको उचित व्यवस्थापन, सर्वसाधारण र पार्टीका कार्यकर्ताहरुले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न भनेको छ ।

साथै बैठकले आवश्यकता अनुसार चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको परिचालन गर्न सुझाव दिएको छ । समिति सभापति जयपुरी घर्तीले उच्च मनोबलका साथ सजकता अपनाउँदै आ-आफ्नो काम कार्यमा लाग्न अनुरोध समेत गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !