८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश नेकपा संसदीय दलकाे सचेतकमा कुर्मराज शाही नियुक्त

प्रकाशित मिति :  13 October, 2020 3:55 pm


काठमाडाैं, २७ असाेज । 

कर्णाली प्रदेश नेकपा संसदीय दलकाे सचेतकमा कुर्मराज शाहीलाई नियुक्ति गरिएकाे छ ।  कर्णाली प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई नियुक्ति गरेका हुन ।

मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासकाे  प्रस्ताव आएपछि उनले माधव नेपालसमुहसँग सहमति गरेका थिए । त्यस्तै माधव नेपाल समुहका मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकाेटका करवीर शाहीलाइ मन्त्री बनाउन मुख्यमन्त्री शाही तयार भएका छन् ।

याेसँगै कर्णाली प्रदेश सरकारमा माधव कुमार नेपाल समुहका ४ जना मन्त्री हुने छन्। नेपाल समुका ७ जनाले अविश्वासकाे प्रस्ताव फिर्ता लिने भए पछि मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीकाे पद जाेगिने भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !