२६ बैशाख २०८१, बुधबार

परिवारभित्रै सिमित राखेर चाडपर्व मनाउन सैनामैना नगरपालिकाको आग्रह

प्रकाशित मिति :  13 October, 2020 8:43 pm


सैनामैना (रुपन्देही), २७ असोज
पछिल्लो समय देशैभर समुदाय स्तरमा कोरोना संक्रमण फैलिरहेका कारण रुपन्देहीको सैनामैना नगरपालिकाले परिवारमा मात्र सिमित रहेर राजपर्व मनाउन आग्रह गरेको छ ।

मंगलबार नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अब नेपाली प्रमुख चाडवाड सुरु हुने हुदा कोरोना संक्रमणको जोखिम बढिरहेकाले भौतिक दुरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।

‘चाडपर्व मनाउदा खासगरि बडादशैमा मूर्ति स्थापना गर्ने, रातमा भजन गाउने, नाँचगान गर्ने, पिङ खोल्ने जस्ता क्रियाकलापहरु धार्मिक सांस्कृतिक क्रियाकपालहरु गर्दा गराउदा संक्रमणको जोखिम अझ बढि बढ्ने खतरा रहन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नगरपालिका भित्र रहेका मठ, मन्दिर, चर्च, गुम्बा, मस्जित लगायतका धार्मिक स्थलहरुमा परम्परा देखि गर्दै आएका दैनिक नित्य पुँजा बाहेक चाडपर्वमा विशेष मानिसको भिडभाड हुने कुनैपनि धार्मिक, सांस्कृतिक क्रियाकलाप र गतिविधिहरु नर्गन नगराउन आनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस !