१३ बैशाख २०८१, बिहिबार

उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम,कात्तिकमै योजनाहरु कार्यान्वयनमा जाने

प्रकाशित मिति :  14 October, 2020 6:27 pm


रोल्पा, २८ असोज ।

रोल्पाको  सुनछहरी गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना कार्यान्वयन तथा सञ्चालन सम्बन्धि अभिमुखिकरण तालिम दिएका छ ।

सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीबाट असोज २१ गते सुरु भएको तालिम २२ गते वडा नम्बर ३ बाहिरीगाम,२३ गते वडा नम्बर २ भित्रीगाम,२५ गते वडा नम्बर १ सेरम,२६ गते वडा नम्बर ५ जैमाकसला,२७ गते वडा नम्बर ७ जेलबाङ र २८ गते वडा नम्बर ६ फगाममा सम्पन्न भएको छ।

गाउँपालिकाको १०२ वटा नयाँ योजनाको उपभोक्ता समितिका अध्यक्ष,सचिव र कोषाध्यक्ष गरि ७ सय १४ जना तालिममा सहभागी भएको गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनले जानकारी दिए । तालिममा प्रशासनिक कागजात,लेखा सम्बन्धि र प्राबिधिक सम्बन्धि सहभागीहरुलाई प्रशिक्षण गाउँपालिकाका कर्मचारीहरुले प्रशिक्षण दिएका थिए ।

तिहार भन्दा अगाडि प्राविधिक लागत अनुमान र योजना सम्झौता गरिसक्ने तथा तिहार लगत्तै योजनाहरु कार्यान्वयन प्रक्रियामा जाने अध्यक्ष पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !