१२ बैशाख २०८१, बुधबार

फ्रान्समा एकै दिन ३०,६२१ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  16 October, 2020 8:05 am


काठमाडौँ, ३० असोज ।

फ्रान्समा एकै दिन ३०,६२१ जना कोरोना संक्रमित भेटिएका छन् ।

बुधबार मात्रै २२,५९१ जना संक्रमित भेटिएकोमा पछिल्लो २४ घण्टामा उक्त संख्या बढेको हो । कोरोना संक्रमण फैलिएको तथ्याङक बाहिरिएपछि फ्रान्स सरकारले राजधानी पेरिस सहित नौ शहरमा शनिबारदेखि रातिमा कफ्र्यू लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नका लागि कडा लकडाउनको अत्यन्त आवश्यक रहेको बताएको छ । यूरोपमा कोरोनाको दोस्रो लहर देखिन थालेको भन्दै नयाँ निर्देशिका पालना गर्नुपर्ने संगठको सुझाव छ ।

कोरोना फैलन थालेपछि लण्डनमा समेत सामाजिक कार्यक्रमहरुमा रोक लगाईएको छ भने र आसपासको क्षेत्रमा चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ ।

फ्रान्स,इटली, पोल्याण्ड तथा जर्मनी जस्ता देशमा बिहिबार देखि ठूलो संख्यामा परिक्षण सुरु गरेलगत्तै संक्रमितको संख्या धेरै देखिएको हो । हिजो मात्रै रुसमा २८६ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस फैलेपछि रुसमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !