१६ चैत्र २०८०, शुक्रबार

मलमास आजबाट सकिदै

प्रकाशित मिति :  16 October, 2020 1:16 pm


‌काठमाडाैं, ३० असाेज । 

याे बर्ष असाेज १गते देखि शुरु भएकाे अधिकमास अर्थात परुषाेत्तम महिना आजदेखि सकिएकाे छ । दिव्य पुरुषाेत्तम ब्रतकाे बसेकाहरुले आजका दिन पुजा आराधाना गरी वर्त टुङग्याउने गर्दछन् । पुरुषाेत्तम मासकाे उपलक्ष्यमा विभिन्न तीर्थ स्थलमा लगाइएका पुरुषाेत्तम आराधनात्मक सर्वसिद्धि पुरान महायज्ञ पनि आजै समापन गरिने गरिन्छ ।

सुर्यकाे गति अनुसार गणना गरिने मासलाइ सुर्यमास भनिन्छ भने चन्द्रकाे गति अनुसार गणना गरिने मासलाइ चन्द्रमास भनिन्छ । साैर्यमासमा सामान्यतया २९ देखि ३२ दिनसम्मकाे महिना हुन्छ भने चन्द्रमासमा एक पुर्णिमादेखि अर्काे  पुर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट २४ सेकेन्डकाे चन्द्रमास हुन्छ ।

यस बर्षकाे मलामास सकिएपछि अबकाे ३ बर्ष मलमास आउदैन । त्यस्तै मत्स्यनारायण मेला पनि आजबाट समाप्त भएकाे छ । काेराेना माहामारी कारण विगतका बर्षमा जस्ताे यस बर्ष हिन्दु धर्मालम्बीहरुले मत्स्यनारायणकाे दर्शन गर्न पाएका छैनन्।

सरकारले भीडभाड हुने क्षेत्रमा पर्ने भएकाले नित्य पुजा बाहेका अन्य पुजाका लागि राेक लगाए पछि यस बर्ष मत्स्यनारायणकाे मेलामा पनि राेक लगाइएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !