२९ बैशाख २०८१, शनिबार

चुनावमा पराजित भएपछि गायक विष्णु खत्रीले भने, ‘नवनिर्वाचित टिमलाई मेरो पूर्ण सहयोग रहन्छ ‘

प्रकाशित मिति :  26 November, 2019 3:17 pm


काठमाण्डौं, मंसिर १० । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं केन्द्रीय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि गायक विष्णु खत्रीले निर्वाचित टिमलाई बधाई दिनुभएको छ ।

फेसबुकमा लामो स्टाटस लेख्दै केही गुनासो सहित नवनिर्वाचित टिमलाई बधाई तथा कार्यकालको शुभकामना दिनुभएको हो । उहाँले भन्नुभएको छ्,‘महाधिवेश पश्चात् एक दिनको शारीरिक आरामले हल्का आनन्दित छु । पाँच पाँच मिनेटमा बत्ती जाँदै पाँच पाँच मिनेट नआउनु,अनुमोदन भईसकेका प्रतिनिधि बाहेक पछि छुटपुट र नाम सच्याउने नाममा नयाँ प्रतिनिधि थपिनुले मन शसंकित हुनु बाहेक चुनाब सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएकोमा आयोजक र निर्वाचन कमिटिलाई हृदय देखिनै आभार प्रकट गर्न चाहन्छु ।’

उहाँले चुनावमा आफ्नो उमेद्वारी उपयुक्त थियोे भन्ने कुरामा दृढ रहेको भन्दै सहयोग गर्नेलाई समेत धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभएको छ,‘दुई पटकको घाईतेलाई मल्हमपट्टि लगाएर बचाउने संकल्प सहित आउनेहुने मेरा भगवानरुपी मतदाताहरुलाई यो साना हरफमा सम्बोधन गर्ने कुनै शब्द नभेटेर ब्यक्त गर्न सकिन,देश बिदेशबाट मेरो नेतृत्व र मैले खेल्ने भुमिकामा आस्था राख्दै विभिन्न कोणबाट मलाई सहयोग गर्नु हुने सबैमा नतमस्तक र ऋणी छु । ’ आफूप्रति देखाएको सदसायता,बिश्वासले आफ्नो आत्मबिश्वासलाई कहिल्यै डगमगाउन नदिने खत्रीको प्रतिवद्धता छ ।

उहाँको भनाई छ,‘ बिपक्षमा मतदान गरि मैले अझै केही गर्न र सिक्न बाँकि छ भनेर झक्झकाउनु हुने सम्पूर्णमा मेरो उच्च सम्मान छ।निरन्तर यही क्षेत्रमै थप उत्साह जोश जाँगर र सक्रियताका साथ लाग्ने प्रेरणा चुनाबी मत बाटै स्पष्ट पारिदिनु भएकै छ ।’ गायक खत्रीले करिब दुई दशक सांगीतिक यात्रामा लौरी बनेर प्रेरणा र हौसला प्रदान गर्ने आफ्ना शुभचिन्तक ईष्टमित्रहरुमा मनमुटुबाटै सलाम ठोक्न चाहन्छु, भन्नुभएको छ । उहाँले संस्था स्थापनाको शुरुवाती चरणबाट केही कार्यकाल सदस्य,सचिव र महासचिव हुँदै गर्दा आफूले गरेका कामकुराको लेखाजोखा संस्थाले आफ्नो दस्तावेजमा राख्ने आशा व्यक्त गर्नुभएको छ । गायक खत्रीले संस्था बाहिर रहे पनि संस्था प्रति मैले निभाउने भुमिकामा कुनै गिरावट आउने नदिने तथा आर्थिक,भौतिक, नैतिक एवं सांस्कृतिक तवरबाटै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।  



प्रतिक्रिया दिनुहोस !