७ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  24 October, 2020 10:26 am


काठमाडौं, ८ कार्तिक।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

समाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले आफू र पत्नी हिसिला यमी दुबैलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन् । उनले चिकित्सकको सल्लाह अनुसार ओम आइसोलेसनमा बस्ने जानकारी गराएका छन् ।

उनले भनेका छन्,”हिसिला र म दुबैलाई कोरोनाको संक्रमण पुष्टी भएको छ। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमै रहनेछौँ । पछिल्ला दिनहरूमा हाम्रो निकट सम्पर्कमा रहनुभएका सबैले विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !