२२ बैशाख २०८१, शनिबार

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रम नगर्ने

प्रकाशित मिति :  27 October, 2020 2:30 pm


काठमाडौं, ११ कार्तिक ।

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडाददसैँ, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ



प्रतिक्रिया दिनुहोस !