४ जेष्ठ २०८१, शुक्रबार

हाप्किडो संघका अध्यक्ष कालीबहादुर ‘हल अफ फेम’ अवार्डबाट सम्मानित

प्रकाशित मिति :  30 October, 2020 9:35 pm


काठमाडौं, १४ कार्तिक ।

नेपाल मार्लस आर्टस् हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगर लन्डन इन्टरनेसनल हल अफ फेमबाट सम्मानित भएका छन् । मास्टर कालीबहादुर १५औँ लन्डन इन्टरनेशनल हल अफ फेममा सम्मानित भएका हुन् ।

उनीसँगै १९ देशका अरू ७९ जनाले पनि यो अवार्ड प्राप्त गरेका छन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने भने उनी एक्ला हुन् । मास्टर कालीबहादुर दुई वर्षअघि म्युनिख हल अफ फेमबाट पनि सम्मानित भएका थिए । आत्मरक्षासम्बन्धी खेल हाप्किडो सन् २०१६ मा कालीबहादुरले नै नेपाल भित्र्याएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदमा खेल संघको रूपमा दर्ता भएको छोटो समयमै देशको धेरै ठाउँमा फैलाउन सफल हाप्किडो थोरैमध्येको खेल मानिन्छ ।

हाप्किडोको अहिले सातै प्रदेशमा गरी ५४ जिल्लामा शाखा विस्तार भएको छ । यसै वर्षको सुरुवातमा अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सेमिनारको आयोजना गरेको संघले नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ ।

संघले जिल्ला संघको विस्तारसँगै खेल पूर्वाधारको विकासमा पनि जोड दिँदै आएको छ । संघले दाङ, नुवाकोट र पोखरामा जग्गा लिएर आफ्नो छुट्टै ट्रेनिङ सेन्टर निर्माणको काम सुरु गरिसकेको छ । धरानमा कभर्डहल निर्माणका लागि जग्गा प्राप्त गरेर प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !