१६ बैशाख २०८१, आइतबार

फ्रान्समा फेरि आक्रमण,गोली प्रहारबाट पादरी घाइते

प्रकाशित मिति :  1 November, 2020 7:28 am


काठमाडौं, १६ कार्तिक ।

फ्रान्समा फेरि आक्रमण भएको छ । एक हप्ताभित्र फ्रान्समा दोस्रो पटक आक्रमण भएको छ । गोली प्रहारमा एक जना पादरी घाइते भएका छन् । फ्रान्सको लियोमा एक ग्रीक अर्थोडक्स पादरीमा पादरीमात्री गोली प्रहार भएको हो ।

गोली प्रहार गरेर आक्रमणकारी घटनास्थलबाट फरार भएको छ तर शंकास्पद एक जना व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमणको कारण अहिलेसम्म प्रष्ट नभएपनि स्थानीय प्रशासनले हत्या प्रयाससम्बन्धी जाँच सुरु गरेको छ । केही दिनपहिले मात्रै दक्षिणी फ्रान्सको शहर नीसको एक चर्चमा चक्कु आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

फ्रान्सका राष्ट्रपति इमैनुएल म्याक्रोले यसलाई इस्लामी आतंवादी आक्रमण बताएका थिए साथै थप सुरक्षाकर्मीलाई प्रार्थनास्थलका साथै सार्वजनिक ठाउँमा परिचालन गरिएको थियो । स्थानीय समय अनुसार लियोमा स्थानीय समय अनुसार बेलुकी ४ बजे पादरीले चर्च बन्द गरिरेका बेला आक्रमण भएको थियो ।

प्रहरीका अनुसार आक्रमणकारीले सटगन बोकेको थियो र आक्रमणपछि फरार भएको छ ।



प्रतिक्रिया दिनुहोस !