५ जेष्ठ २०८१, शनिबार

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  5 November, 2020 1:42 pm


काठमाडौं, २० कात्तिक ।

धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरी र मोरङका ३ जना संक्रमितको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुने मध्ये सप्तरीका राजविराजकी २३ वर्षीय युवती र ६५ वर्षीय पुरुष रहेका र उनिहरुको बिहीबार बिहान मृत्यु भएको डा. श्रेष्ठले बताए ।
२३ वर्षीया युवतीमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।

६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए ।  त्यस्तै मोरङका ५९ वर्षीय पुरूषमा पनि कात्तिक १५ गते नै संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको डा. श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !