१५ चैत्र २०८०, बिहिबार

रेखा शाहको ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक

प्रकाशित मिति :  6 November, 2020 8:03 pm


काठमाडौं,२१ कार्तिक । 

सिमसिमे पानीमाबाट आफ्नो गायिकीको मानक परिचय बनाएकी गायिका रेखा शाहले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

सुगम पोख्रेलको संगीत र भूपेन्द्र खड्काको रचना रहेको सो गीतमा सुजिल कर्माचार्यको संगीत-संयोजन रहेको छ । नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका शाहले नै अभिनय गरेकी छिन् । आफ्नो गायिकी र अभिनयबारे शाह भन्छिन्,”गायिकी मेरो परिचय र जीवनशैली हो भने अभिनय त्यसलाई संस्थागत गर्ने माध्यम हो ।”

गायिका शाहको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादन रहेको छ । भिडियोको सुटिङ काठमाडौंका विभिन्न स्थानमा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !