१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टाभित्र थप २,७५३ मा कोरोना संक्रमण पुष्टि,२,२०६ जना संक्रमणमुक्त

प्रकाशित मिति :  7 November, 2020 5:37 pm


काठमाडौं,२२ कार्तिक ।

पछिल्लो २४ घण्टामा थप २,७५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशभर १०,४२३ जनामा गरिएको परीक्षणमा १,०७७ महिला र १,६७६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म कुल संक्रमितको संख्या १,९१, ६३६ पुगेको छ ।

संक्रमित मध्य १,०८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्मा उल्लेख छ । संक्रमित मध्य १,५५,११४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३५,४३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्य २८,९२० होम आइसोलेसनमा, ३६५ जना भेन्लिटेलरमा र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

कहाँ कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १,५१२ संक्रमित थपिएका छन् । जसमा १,२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका छन् ।

त्यस्तै मोरङमा २४५ जना, सुनसरीमा १३३, रुपन्देहीमा ८५, कास्कीमा ८२, कैलालीमा ७७, काभ्रेमा ७३, झापामा ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नुवाकोटमा ३७, मकवानपुरमा ३३, पाल्पामा २४, बाँकेमा २२, कपिलवस्तुमा २१ मा कोरोना संक्रमणको पुष्टि भएको छ । उदयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९/१९ जना, खोटाङ १८, रोल्पामा १६ जना, गोरखामा १५, सिराहामा १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२/१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्याङ्जामा ९ जना, धादिङमा ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५/५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीमा ४/४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्यूठान र मुगुमा ३/३ जनामा संक्रमण देखिएको छ ।

सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २/२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !