२२ बैशाख २०८१, शनिबार

एकदिनमै ३४ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  10 November, 2020 2:36 pm


काठमाडौं, २५ कार्तिक ।

एकदिनमै सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा प्रतितोला रु ३ हजार ४०० ले ओरालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा कारोवार भएको छ ।
महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ३ हजार ४०० ले घटेको छ । सोमबार प्रतितोला रु ९७ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ७० ले घटेर रु १ हजार २१५ मा कारोवार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ कारोवार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !