७ बैशाख २०८१, शुक्रबार

रूपन्देहीमा उपचाररत रोल्पाकी कोरोना संक्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति :  18 November, 2020 3:07 pm


रुपन्देही,३ मंसिर ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रोल्पाकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा आज बिहान ११ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनलाई विशेष अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित महिलालाई ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या समेत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

यसअघि कात्तिक २३ गते रोल्पा नगरपालिका–४ का ५६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !