१३ बैशाख २०८१, बिहिबार

देशभर १,४४२ जना कोरोना संक्रमित थपिए,३,५३८ जना निको

प्रकाशित मिति :  18 November, 2020 6:10 pm


काठमाडौं,३ मंसिर ।

देशभर पछिल्लो २४ घण्टामा १,४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । जसमा १,८२,७८० जना निको भएर घर फर्किएका    छन् । १,२५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २८,८७८ रहेको छ ।

कुन जिल्लामा थप कति संक्रमित ?

थपिएका संक्रमित मध्य काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना रहेका छन् । त्यस्तै चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६/१६, स्याङ्जामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै दाङमा १४, तनहुँमा १३, धनुषामा १०, सर्लाहीमा ९, बाँके र कैलालीमा ८/८, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा ७/७, महोत्तरी, सिराहा, काभ्रे र पाल्पामा ६/६, सप्तरी, गोरखा, बाग्लुङ, कपिलवस्तु र नवलपरासीमा ५/५ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बारा र प्यूठानमा ४/४, इलाम, रामेछाप र म्याग्दीमा ३/३, धनकुटा, सुनसरी, सिन्धुली, पर्वत, लमजुङ, बर्दिया र दार्चुलामा २/२ र ताप्लेजुङ, भोजपुर, संखुवासभा, पर्सा, अर्घाखाँची, गुल्मी र रोल्पामा १/१ जना थप संक्रमित भेटिएको मन्त्रालयको तथ्याङमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !