७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्री सेमिनार हुने

प्रकाशित मिति :  23 November, 2020 8:02 pm


रुपन्देही,८ मंसिर ।

नेपाल मार्शल आर्टस हाप्किडो कन्द्रीय समिति र नेपाल मार्शल आर्टस हाप्किडो संघ, लुम्बिनी प्रदेशको सहयोगार्थ एवं नेपाल मार्शल आर्टस हाप्किडो संघ बाँके जिल्लाको आयोजनामा यही मंसिर २० गतेदेखि नेपालगञ्जमा ३ दिने चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्री सेमिनार हुने भएको छ ।

कोरोना संक्रमणका कारण चैत्र महिनादेखि खेल प्रतियोगिताहरु आयोजना गर्न सरकारले लगाएको प्रतिबन्धलाई खुल्ला गरेपछि हाप्किडो संघले पहिलो खेल सेमिनारको आयोजना गर्न लागेको हो । बाँके जिल्लाको आयोजना हुने सेमिनारको आवश्यक तयारी भैरहेको संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्तीमगरले जानकारी दिए ।

मंसिर २० सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने संघले जनाएको छ । प्रतियोगितामा ५४ जिल्लाका करिव २ सय खेलाडीहरुको सहभागिता रहने आयोजक हप्किडो संघ बाके जिल्ला अध्यक्ष बुद्धीराज बर्तौताले जानकारी दिए ।

प्रतियोगितामा सहभागि खेलाडीहरुलाई मास्टर काली बहादुर घर्तीमगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षकहरु भुवन बुढामगर, कृष्ण महर्जन र प्रविण गुरुङले प्रशिक्षण दिनेछन् । प्रतियोगितामा देशभरबाट ब्ल्याक बेल्टदेखि मााथिका सिनियर खेलाडीहरुको मात्र सहभागिता रहने संघले जनाएको छ ।

हाप्किडो संघले कोरोना संक्रमणका बेला खेलाडीहरुलाई सक्रिय बनाउन भर्चुअल रुपमा पनि प्रतियोगिताहरु आयोजना गरेको थियो । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा भदौमा सो राष्ट्रिय प्रतियोगिता र हाप्किडो केन्द्रीय संघले असोजमा भर्चुअल राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको थियो ।

हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा २०७६ चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप गर्ने घोषणा गरि सम्पूर्ण तयारी गरेको थियो तर कोरोना संक्रमण बढेपछि सो प्रतियोागिता अन्तिम चरणमा स्थगित गर्नु परेको संघले जनाएको छ ।

चैतमा गर्ने भनिएको राष्ट्रिय स्तरको प्रतियोगिता छिटै बुटवलमा आयोजना गर्ने संघका प्रदेश अध्यक्ष सुवास परियारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !