१५ चैत्र २०८०, बिहिबार

देशभर १,७९० जना कोरोना भाइरस संक्रमित थपिए,१७,८५९ सक्रिय संक्रमित

प्रकाशित मिति :  24 November, 2020 5:37 pm


काठमाडौं,९ मंसिर ।

देशभर पछिल्लो २४ घण्टामा १,७९० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १०,८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २,२४७८ पुगेको छ । संक्रमितमध्ये १,३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २,७९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १७,८५९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन्, जसमा काठमाडौंमा ६९२ जना, ललितपुरमा १९० र भक्तपुरमा ६५ जना रहेका छन् ।

यस्तै सुनसरीमा ११०, कास्कीमा ८३, मोरङमा ७५, काभ्रे र कैलालीका ६१/६१ जना, बाँके र रुपन्देहीमा ३८/३८ जना संक्रमित थपिएका छन् । त्यस्तै दाङमा ३६, झापा र बर्दियामा ३३/३३, गोरखामा २५, चितवनमा १७, धादिङमा १५, सिन्धुपाल्चोक र तनहुँमा १३/१३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्याङमा उल्लेख गरिएको छ ।

त्यस्तै पाल्पामा ११, सप्तरी र अर्घाखाँचीमा १०/१० , नवलपरासी पूर्व, कपिलवस्तु र नवलपरासीमा ९/९ जना, नुवाकोट र स्याङ्जामा ८/८ जना, पर्सा, रामेछाप र कञ्चनपुरमा ७/७ जना संक्रमित थपिएका छन् ।

लमजुङमा ६ ,उदयपुर, धनकुटा,तेह्रथुम, बारा, रौतहट, सिराहा, इलाम,दोलखा र डडेलधुरामा ५/५ जना, पाँचथर, गुल्मी, दैलेख र रुकुम पश्चिमका ३/३ जना कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सिन्धुली, बाग्लुङ, प्यूठान, सल्यान र हुम्लाका २/२ जना तथा ओखलढुंगा, खोटाङ, सर्लाही, रसुवा, पर्वत, संखुवासभा, सोलुखुम्बु, धनुषा, महोत्तरी,मकवानपुर,म्याग्दी, कालीकोट, जाजरकोट, जुम्ला, अछाम, दार्चुला र बझाङका १/१ जनामा पनि संक्रमणपुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !