८ बैशाख २०८१, शनिबार

अपि पावरद्धारा १४ प्रतिशत बोसन सेयर प्रस्ताव पारित

प्रकाशित मिति :  24 November, 2020 6:28 pm


काठमाडौं,९ मंसिर । 

अपि पावर कम्पनी लिमिटेडले भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक दुइ साधारणसभा गरिएको हो ।
हिजो भएको साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५र ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६र ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसै गरी सभाले नयाँ चुक्तापूँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय ब्यवस्थापन प्रमुख शास्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

सभामा सेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष न्यौपानेले सेयरधनीका अमूल्य सुझावलार्इ कम्पनीले सधैं सिरोधार्य गर्ने   बताए । अपिको साधारणसभाले आगामी ४ बर्षको लागि नयाँ संचालक समितिको समेत चयन गरेको छ । सभाले चयन गरेका संचालकहरूमा सतिष न्यौपाने, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्कालाइ निर्विरोध निर्वाचन गरेको छ।

अपि पावरले भर्खरै हक प्रद सेयर निस्कासन गरेर चुक्ता पूँजी बृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन विजुली खरिद विक्रि सम्झौता ९पीपीए० गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ ।

अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो ।
विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ ।

हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकम समेत गरेर कम्पनीको चुक्ता पूँजी १ अर्व ९२ करोड ९८ लाख पुग्ने छ ।

सम्बन्धित समाचार

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि लगानी जुटायो



प्रतिक्रिया दिनुहोस !