१३ बैशाख २०८१, बिहिबार

दाङको तुलसीपुरकी एक महिलाको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु

प्रकाशित मिति :  25 November, 2020 1:06 pm


बाँके,१० मंसिर ।

दाङको तुलसीपुरकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !