१५ बैशाख २०८१, शनिबार

देशभर १,९४८ जना कोरोना संक्रमित थपिए,२,१४० जना निको

प्रकाशित मिति :  25 November, 2020 6:07 pm


काठमाडौं,१० मंसिर ।

देशभर पछिल्लो २४ घण्टामा १,९४८ जना कोरोना संक्रमित थपिएका छन् । ९,२१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज पुष्टि भएकासहित कुल संक्रमितको संख्या २,०२,६२६ पुगेको छ । संक्रमित मध्य अहिलेसम्म १,३८९ जनाको मृत्यु भएको छ भने २,०७,९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २,१४० जनाले कोरोना जितेका छन् ।

देशभर १६,६३९ सक्रिय संक्रमित रहेकोमा ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना रहेका छन् ।

त्यस्तै झापामा १९३, कास्कीमा ९०, चितवनमा ८२, मोरङमा ७२, सुनसरीमा ५३, दाङमा ५१, धनुषामा ४८, रुपन्देहीमा ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै मकवानपुरमा ३७, काभ्रेमा ३१, गुल्मीमा ३०, संखुवासभामा २८, पाल्पामा २५, सिराहामा २० जना संक्रमित थपिएका छन् ।

इलाम र नवलपरासी पूर्वमा १९/१९ जना, नवलपरासी र बाँकेमा १७/१७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तनहुँमा १५, गोरखामा १४, महोत्तरी, स्याङ्जा, दार्चुला र बैतडीमा १३/१३ जना, बाग्लुङका १२ र सप्तरीका १० जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक, लमजुङ, कपिलवस्तु,उदयपुर, सर्लाही, र प्यूठानमा ८/८ जना, पाँचथरमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्वत र डडेलधुरामा ६/६ जना, नुवाकोटमा ५, दोलखा, अर्घाखाँची, बर्दिया,सिन्धुली, र बाजुरामा ४/४ जना, बारा, रौतहट, धादिङ, रामेछाप, भोजपुर, पर्सा, म्याग्दी, रोल्पा र कैलालीमा ३/३ जना, खोटाङ, तेह्रथुम, जुम्ला, अछाम र डोटीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, रसुवा र कञ्चनपुरका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !