१३ बैशाख २०८१, बिहिबार

भारतमा चर्कियो किसान आन्दोलन, हजारौं किसान दिल्ली घेर्न अगाडि बढ्दै

प्रकाशित मिति :  27 November, 2020 12:32 pm


काठमाडौं, १२ मंसिर ।

केन्द्र सरकारले ल्याएको तीन कृषि कानुनको विरोध प्रर्दशनका लागि दिल्ली तर्फ अगाडि बढिरहेका किसानलाई रोक्नका लागि दिल्ली-हरियाणा सीमाको कुना कुनामा प्रहरी तथा केन्द्रीय सुरक्षा बल तैनाथ गरिएको छ ।

किसानको एक समूहले सुरक्षा अबरोधलाई छिचोल्दै सिंघु सीमा पार गरेको छ । प्रहरीले किसानलाई रोक्नका लागि दिल्लीमा आउने हरेक सीमामा सुरक्षा निकायसहित ब्यापक मात्रामा अबरोध गरेको छ । तर किसानले कतिपय ठाउँमा अबरोधहरु हटाउन सक्ने ठाउँमा हटाएर अगाडि बढेका छन् । यद्यपी अहिलेपनि धेरैजासो ठाउँमा सुरक्षा अबरोध छ र किसानले हटाउन सकेका छैनन् ।

अबरोधकाबीचपनि किसानहरुले नाराबाजी गर्दै मार्चपास गरिरहेका छन् । किसानहरुको संगठन संयुक्त किसान मोर्चा तथा किसान संषर्ष कोर्डिनेशन कमिटीले भनेको छ कि आज बेलुकीसम्म दिल्लीको सीमामा लगभग ५० हजार किसान पुगिसक्नेछन् ।
नोएडा, गुरूग्राम नहीं जाएगी मेट्रो

दिल्लीदेखि नोएडा तथा गुरुग्रामका चल्ने मेट्रो सेवा प्रभावति बनेको छ । दिल्लीबाट मानिसहरु एनसीआर स्टेशनसम्म जानसकन्े छन् त दिल्ली तर्फ जान सक्नेछैनन् । दिल्ली मेट्रो रेलले यो निर्णय अर्को आदेशसम्म लागू हुने छ । हिजोपनि मेट्रो सेवा एनसीआरसम्मका लागि अवरोध गरिएको थियो ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !