१६ बैशाख २०८१, आइतबार

बिबिएल खेल्न सन्दीप अष्ट्रेलिया गए

प्रकाशित मिति :  15 December, 2020 2:37 pm


काठमाडौं,३० मंसिर ।

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया गएका छन्। उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रेलिया गएका हुन्।

लामिछाने अस्ट्रेलिया पुगे लगत्तै १४ दिन क्वारेनटाइनमा बस्नु पर्ने भएकोले गत विहीबारबाटै शुरु भएको बिग बास लिगको शुरुवाती खेल उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । अहिलेको सिजन उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् ।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । हाल उनी कोरोनाबाट मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !