लालबकैया नदी नियन्त्रण आयोजना प्रमुखसहित पाँचजना विरुद्ध भ्रष्टाचारको मुद्धा
प्रकाशित मिति : 28 December, 2020 9:01 pm

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजना विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।
ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता देखिएको भन्दै आयोगले ३ करोड ६५ लाख ९ हजार ४ सय ५६ रुपैयाँ बराबरको बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।