१३ बैशाख २०८१, बिहिबार

डा.प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक

प्रकाशित मिति :  29 December, 2020 2:35 pm


काठमाडौं, १४ पुष ।
बरिष्ठ सर्जन डा. प्रकाश पौडेलको गीत “यादका लहरहरु” सार्वजनिक भएको छ । नेपाली सुगम संगितमा सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको आवाज ‘Male version’ सार्वजनिक भएको छ ।

एसियन म्युजिकद्धारा सार्वजनिक भएको उक्त गीतको ‘Male version’ गत महिना नै सार्वजनिक भएको छ ।  अन्जु पन्तको आवाजमा सार्वजनिक भएको उक्त गीत र म्युजिक भिडियोको दर्शकहरुबाट राम्रो प्रतिक्रिया आइरहेका बेला ‘Male version’ पनि सार्वजनिक भएको हो ।

पराई भएर जाँदा क्षितिजसम्म हेरिरहे
आँखाहरु यिनै थिए, आँशुहरु फेरिरहे
दोबाटोमा छाडिगयौ गोरेटोमा एक्लो भए
एक्लै बाटो काट्न सकिन विछोडमा हाँसीगयौ,
वियोगमा रोहिरहे……………

एक प्रेमिल जोडीको साँचो प्रेमलाई मिठो तरिकाले प्रस्तुत गरिएको उक्त गीतमा राज सागरले संगित भरेका छन् भने गोपाल रसाइलीले संगित संयोजन गरेका छन् । त्यस्तै प्रविन श्रेष्ठले सम्पादन गरेको उक्त गीतको भिडियो निर्देशन हरि हुमागाँईले गरेका छन् ।

त्यस्तै उक्त गीतको भिडियोमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् । उनीहरुले एक प्रेमिल जोडीको मिठो सम्झनालाई कलात्मक तरिकाले प्रस्त’त गरेर गीतलाई अझै जीवन्त तुल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !