१२ श्रावण २०८१, शनिबार

रोल्पामा ट्रिपर दुर्घटना,चालक घाइते

प्रकाशित मिति :  31 December, 2020 1:13 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर-५ पोबाङमा ट्रिपर दुर्घटना भएको छ ।

जलजला कन्ट्रक्सनको १ क ७८८२ नम्बरको ट्रिपर सुलिचौर-पोबाङ -थबाङ मोटरबाटोको माटो फाल्ने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पोबाङका प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्तीमगरले जानकारी दिए ।

ट्रिपर झण्डै १५ मिटर तल खसेको छ । दुर्घटनामा ट्रिपर चालक हरि चौधरी सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक घर्तीमगरले जानकारी दिए । उनलाई थप उपचारको लागि सुलिचौर लगिएको छ । दुर्घटनालगत्तै ईलाका प्रहरी चौकी पोबाङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको टिमले उद्धार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !