१२ श्रावण २०८१, शनिबार

दाङमा बदेलको आक्रमणमा चारजना गम्भीर घाइते

प्रकाशित मिति :  2 January, 2021 1:05 pm


दाङ । दाङमा बदेलको आक्रमणमा चारजना गम्भीर घाइते भएका छन् ।

आज बिहान घाँस दाउराका लागि नजिकैको सामुदायिक वनमा गएका बेला बदेलले आक्रमण गर्दा एक बालकसहित ४ जना घाइते भएका हुन् । घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षीय हिरादेवी चौधरी, वडा नम्बर २ डोडहीका ८ वर्षीय शिरीष गिरी, ५५ वर्षीय धनिया चौधरीसहित ४ जना गम्भीर घाइते भएका हुन् ।

घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्राथमिक उपचार लगत्तै थप उपचारको लागि बुटवल पठाइएको छ । अन्य दुई जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !