२७ बैशाख २०८३, आइतबार

कोरोना माहामारीकाबीच भारतमा बर्डफ्लू देखियो

प्रकाशित मिति :  6 January, 2021 2:50 pm


काठमाडौं ।

कोरोना माहामारीका बीच भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूकाको संक्रमण देखिएको छ । भारतका विभिन्न राज्यमा चराहरु मरेपछि पन्छिहरुमा फ्लू देखिएको त्यहाका अधिकारीहरुले जनाएका थिए ।

भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। भारतको संघीय सरकारले फ्लू फैलिन नदिनका लागि उच्च सर्तकता अपनाउँदै आपतकालिन उपायहरु अपनाउन निर्देशन दिएको छ । सहरहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ।

कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ। –बीबीसी



प्रतिक्रिया दिनुहोस !